काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट ललितपुरमा बुधबार साँझ एक व्यक्तिको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

किस्ट अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको बुधबारै कोरोना परीक्षण नतिजा पोजेटिभ आएको थियो। 

ती व्यक्तिलाई गत जेठ ११ गते राति किस्त अस्पताल लगिएको थियो। उनलाई आईसीयू नभउको भन्दै पाटन अस्पताले रेफर गरेको थियो। 

किस्ट अस्पतालका एक चिकित्सकका अनुसार बुधबार बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। भेन्टिलेटरमै सारिएपछि उनको थ्रोट स्वाब परीक्षणका लागि संकलन गरिएको थियो। 

शव अहिले अस्पतालकै शवगृहमा राखिएको छ।