 
                     
                                
                             
                                    काठमाण्डौ । कोरोना संक्रमणबाट नेपाल पहिलोपटक एक चिकित्सकको मृत्यु भएको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालका चिकित्सकको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५८ वर्षीय वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
सापकोटालाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएका थियो। श्वासप्रश्वासमा समस्यादेखि उनलाई केही दिनअघि नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उपचारकै क्रममा स्वास्थ्य झनै जटिल बनेपछि उनलाई बिहीबार भेन्टिलेटरमा राखिएको थियो। त्यहीँ उपचारका क्रममा दिउँसो ३ बजेतिर उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19