काठमाण्डौ । नेपालमा कोरोना संक्रमणमुक्त दर ९४ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनामुक्त हुने दर ९४.११ प्रतिशत पुगेको छ। अब नेपालमा सक्रिय संक्रमित दर ५.२१ प्रतिशतमा सीमित बनेको छ भने मृत्यु दर ०.६७ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर कुल १ हजार ८२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ६२१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या २ लाख २९ हजार ५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ मा सीमित बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २३ जनाको ज्यान गएको छ। हालसम्म यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ।