काठमाण्डौ । विगत लामो समयदेखि मोबाइल फोन मर्मतसम्बन्धी सेवा सञ्चालन गर्दै आएको काठमाण्डौको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा रहेको इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलोपटक मात्र रु.९९९ मा मोबाइल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको हो।

यसअन्तर्गत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जोलगायत २६ वटा भन्दा वढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाइलको एलसीडी टच फेर्न सकिनेछ। इजी मोबाइल केयरका सञ्चालक सञ्जीत पौडेलले नेपालमा नै पहिलोपटक यस्तो सेवा सुरु गरिएको जानकारी दिए। ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको डिस्प्ले टच सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ’, उनले भने, ‘यसले ग्राहकको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुःख हुने छैन।’

नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये पनि कसैनकसैको फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुःखका साथ चलाइरहेको पौडेलले बताए। ‘डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तीमा पनि २ हजार ५०० रुपैयाँभन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन्’, उनले भने, ‘तर, हामीले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनगर गरी सुपथ मूल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ रु.९९९ मा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा सञ्चालमा ल्याएका हौँ।’

हाल कुनै पनि मर्मत सर्भिस सेन्टरले मर्मतपछिको सेवामा १०० दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनियता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिइएको पौडेलले स्पष्ट पारे।

इजी मोबाइल केयरले आफ्नो विश्वस्तरीय र आईएसओ मापदण्डअन्तर्गत रहेको सर्भिस सेन्टरमार्फत नेपालमा शाओमी, रियलमी, वानप्लस, ह्वावे, जेडटीई, अल्काटेल, कुलप्याड, माइक्रोम्याक्स, इन्टेक्स, आईटेल, टेक्नो लगायत मोबाइल फोन ब्राण्डको आधिकारीक सर्भिस सेन्टर सञ्चालन गरेको अनुभव छ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महँगो भइरहेको छ। यसले सेवाग्राहीहरुलाई थप असर पारेको छ। जसले गर्दा उनीहरुलाई सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केहि राहत र सहुलियत हुने इजी मोबाइल केयरले अपेक्षा गरेको छ।

यसले पुरानै फोनको डिस्प्ले फेर्न सहज हुनेछ भने नयाँ फोन किन्नुपर्ने ग्राहकहरुको बाध्यता हट्नेछ। जसले अन्ततः मोबाइल आयातको लागि विदेशिने नेपालको मुद्रासमेत बचत गर्न सकिनेछ।

इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलोपटक शून्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा सफलतापूर्वक सञ्चालन गरिसकेको छ। जसमा २५ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए।

१०० दिनको ग्यारेन्टी भनेको के हो ?

‘हामीले मर्मत गरी सामान फेरेको १०० दिन भित्र बिग्रिएमा निशुल्क फेरीदिने भनेको हो। यसको अर्थ भनेको हामीले गुणस्तरीय सामानको प्रयोग गर्दछौँ भन्ने हो’, पौडेलले भने, ‘हामीले फेरिदिएको डिस्प्ले टच हतपत्ति बिग्रँदैन र यदि कथमकदाचित बिग्रिहालेमा पनि निःशुल्क फेरिदिने भनिएको हो। हामीले यस क्षेत्रमा बिगत एक दशकभन्दा धेरै समय बिताएको र लामो अनुभव हासिल गरेको तथा कम्पनी प्रतिको विश्वास र ब्रान्डका कारण यो सम्भव भएको हो।’

इजी मोबाइल केयरले हाल यो सेवा काठमाण्डौमा मात्र उपलब्ध गराउने र आगामी दिनमा यसलाई देशभर ७७ जिल्लामा नै रहेका आफ्ना सर्भिस सेन्टरबाट ९९९ रुपैयाँमा डिस्प्ले टच फेरिदिनेछ। यसका लागि कम्पनीले कोरिया र चीनबाट थप अत्याधुनिक उपकरण र सामग्रीहरु ल्याउने प्रक्रियामा रहेको छ।