काठमाण्डौ । देशैभरि ठूलो समस्याको रुपमा रहेको थर्माेकोल (फ्रिज, टिभी आदि खरिद गर्दा प्याकेजिङको रुपमा आउने सेतो पोलिस्टारिन)लाई पुनः प्रयोग गरी निर्माण सामाग्री उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न थालिएको छ । 

नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले आफ्नो मुख्य कच्चा पदार्थ थर्माेकोल पुनः प्रयोग गर्न मिल्ने मेशिन डिजाइन गर्ने सफलता हात पारेको हो ।

विश्व वातावरण दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा व्यवसायीहरुले नेपालमै ठूलो समस्याको रुपमा रहँंदै आएको थर्माेकोललाई पुनः प्रयोग गरी आफूहरुले इको प्यानल उत्पादन गर्ने जानकारी दिए । 

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले नकुहिने फोहोरको रुपमा रहेर सरकारकै टाउको दुखाईको रुपमा रहेको थर्माेकोलबाट आफूहरुले आगामी दिनमा इको प्यानल उत्पादन गर्ने प्रष्ट्याए । 

‘नकुहिने यो फोहोर सरकारलाई डम्पिङ गर्न ठूलो समस्या छ।’ सीईओ दुवालले भने, ‘जलाउँंदा पनि यसले प्रदूषण नै गरेको हुन्छ । यस हिसावले यो सरकारकै टाउको दुखाइको विषय हो ।’ यसले डम्पिङ साइटमा धेरै ठाउँंसमेत ओगटेको हुन्छ । यो चराचुरुङ्गी र माछाले खाँंदा उनीहरुको स्वास्थमा प्रतिकूल असर पर्दछ । 

उनले गोर्खा इको प्यानलले आफनो उत्पादनमा प्रयोग गर्ने थर्मोकोल विदेशबाट आयात गर्दै आएको बताए । उनले थर्मोेकोललाई आफूहरुले रिसाइकल गरी गोर्खा इको प्यानल उत्पादन गर्दा पाँंच प्रतिशतसम्म मिसाए पनि हुने अनुसन्धानबाट देखिएको जानकारी दिए । भविष्यमा विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरुसँग समन्वय गरी सरकारका लागि टाइको दुखाईको रुपमा रहेको थर्माेकोल रिसाइकल गरी पुनः प्रयोग गर्न समन्वय गर्ने योजना रहेको उनले सुनाए । कसैले थर्माेकोल संकलन गरी राखे, त्यस्ता व्यक्ति वा संस्थाबाट खरिद गर्ने योजना समेत रहेको सीईओ दुवालले जनाए । 

इको प्यानल इँटाको सट्टामा प्रयोग गर्न सकिने निर्माण सामाग्री हो । इँटाभन्दा हलुका, भूकम्पप्रतिरोधीलगायका कारण पछिल्लो वर्ष लोकप्रिय भइरहेको छ ।