काठमाण्डौ । सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ।

संघीय संसदमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै नेपाली उद्योग ‘नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने जानकारी गराइएकी हुन्। 

यो अभियान कार्यान्वयनका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस कार्यक्रमका लागि कर तथा भन्सार महसुल छुट, निर्यात प्रवर्द्धन, प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वधारजस्ता काम गरिने उनले जानकारी दिइन्।