काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको सन्त्रासले राजधानीबाट ६ लाखभन्दा बढी मानिस बाहिरिसकेका छन्। अझै कतिपय जाँदै छन् भने कतिपय जाने योजनामा छन्।
कोरोना रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ।
बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक कामबाहेक अन्य कारोबारका लागि बैंकसम्म नधाउन र सकभर वित्तीय माध्यमबाट कारोबार गर्न आफ्ना ग्राहकलाई आग्रह गरिसकेका छन्। अस्पतालमा भीडभाड नियन्त्रण गर्न आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएका छन्। शिक्षणसंस्थाहरु पनि बन्द गरिएका छन् । सिनेमा हल, रेस्टुराँ र मलहरु ठप्प छन्।
सरकारले सोमबारदेखि लागू हुने गरी लामो दूरीका यातायात सञ्चालनमा रोक लगाएको छ। आन्तरिकबाहेक अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको छ।
सरकारले भारत र चीनको सीमा नाकाहरु पनि प्रायः बन्द गरिसकेको छ।
कोरोना सन्त्रासका कारण अहिले व्यापक चहलपहल हुने राजधानीका प्रमुख प्रशासनिक केन्द्रदेखि प्रमुख बजारहरु सुनसान बनेका छन्। मानिसको चहलपहल निकै पातलिएको छ।
कोरोनाको संक्रमणबाट बच्न मानिसहरु अहिले घरबाहिर निस्किन हिच्किचाइरहेका छन्।
आउनुहोस् बिजशालाले राजधानीका व्यापक चहलपहल हुने प्रशासनिक केन्द्र (सिंहदरबार) देखि मुख्य बजार क्षेत्रमा गएर आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु हेरौँ –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19