काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
उक्त समयावधिसम्म कुनै निवेदन पेस हुन नआएमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago