काठमाण्डौ ।नेपाल वेयर हाउजिङ कम्पनीले आइतबारबाट दोस्रो चरणको आईपीओ सर्वसाधारणलाई निस्कासन गरेको छ ।
सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख ५५ हजार ६३८ आबेदकहरुबाट १ करोड १४ लाख ५३ हजार ९४० कित्ता सेयर माग भएको छ । जसबाट १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपियाँ बरबारको आबेदन परेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।
त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात् २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19