काठमाण्डौ । साताको तेस्रो कारोबार दिन  बुधबार दुई ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय २ : २० बजेसम्ममा नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
 

उक्त अवधिसम्ममा बजार भने ०.७४ अंकले घटेर २ हजार २९ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा २ अर्ब  ५५ करोडरुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

हाल ट्रेडर हावी भएको बजारमा पुस मसान्तको पनि प्रभावले बजार घटेता पनि बजार घट्नु पर्ने अन्य कुनै कारण नभएको लगानीकर्ता बताउँछन् ।

साथै उनीहरुले बजार पस्न छुटेकालाई यो राम्रो समय र उपयुक्त अबसर भएको पनि बताएका छन् ।

अझ कतिपय लगानीकर्ताले त बजारले अब लय समात्नुको विकल्प नभएको बताएका छन् ।