काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले १ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ । 

यो कम्पनीले करिब एक महिनाअघि बोर्डमा १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

रु. ३ करोड भन्दा कमको आइपीओलाई क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा उपलब्ध छ ।

वि.सं. २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ । 

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।