काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतले बोनस सेयर वितरण गर्ने मुख्य एजेन्डाका साथ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले कम्पनीको ७० औं वार्षिक साधारणसभा आउँदो भदौ ५ गते गर्ने तय गरेको हो । बैठकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यसअनुसार साउन २३ गतेसम्म कम्पनकिो शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र बोनस शेयर पाउनेछन् ।
वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा राखिने कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी रु १ अर्ब १ करोड ९१ लाख तीन हजार ८३२.९७ को ७.५ प्रतिशतले बोनस सेयर जारी गर्ने एजेन्डा पारित हुनेछ भने बोनस सेयरमा लाग्ने लाभकर सम्बन्धित सेयरधनी आफैँले व्यहोर्नुपर्नेछ ।
साधारणसभाले कम्पनीको जारी तथा चुक्ता पुँजी रु १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२.१४ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा उल्लेखित पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19