काठमाण्डौ । नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरुप कर्णाली प्रदेशको सुर्खेतमा भाद्र ८ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्य सचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए ।
परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेमचेञ्जर परियोजनाहरु प्रस्तुत् गर्ने बताए ।
कर्णाली प्रदेशले सम्भावित करिब एक दर्जन परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
त्यस्तै कर्णाली प्रदेशले समेत निकट भविष्यमा लगानी सम्मेलन आयोजना गर्ने र सो सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले बताए ।
यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्वसम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago