nlic fpo
काठमाण्डौ । बजारको हटकेक बनिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओले यसअघिका सबै सार्वजनिक निश्कासनहरुको रेकर्ड बे्रक गरिदिएको छ । यो कम्पनीको एफपीओमा ५२ अर्बको हाराहारीमा आवेदन परेको छ । यति धेरै रकमको आवेदन नेपालको इतिहासमै यसअघिका कुनै पनि सार्वजनिक निश्कासनहरुमा आएको थिएन ।
आइतबार नेपाल लाइफको एफपीओमा आवेदन दिने अन्तिम दिन थियो । अन्तिम दिन मात्र देशभरका संकलन केन्द्रबाट ३६ अर्ब ७४ करोड रुपैयाँको प्रस्ताव परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रवक्ता सुजनबाबु अधिकारीले जनाएका छन् । यसअघि ४० वटा संकलन केन्द्रबाट कति रकमको आवेदन पर्यो भन्ने तथ्यांक आउन बाँकी रहेकोले ४५ अर्बको हाराहारीमा आवेदन परेको हुनसक्ने अनुमान गरिएको थियो । तर यो अनुमान भन्दा बढी आवेदन परेको हो ।
अन्तिम दिन आइतबार मात्रै देशभरका संकलन केन्द्रबाट १ लाख ४२ हजार जनाले एफपीओमा आवेदन दिएका बताइएको छ । करिब अढाई लाख आवेदनबाट ५२ अर्बको हाराहारीमा प्रस्ताव परेको हो ।
यसरी नेपाल लाइफको एफपीओमा मागभन्दा ११ गुणा बष्ी आवेदन परेको देखिएको छ ।
बिक्री प्रबन्धकका अनुसार आवेदकको संख्या २ लाख माथि भएकोले अबको ६० दिनभित्र यो सार्वजनिक निश्कासनको बाँडफाँडको काम सकिइनेछ । एफपीओ नपरेकाले ६५ औं दिनदेखि आफ्नो रकम फिर्ता पाउनेछन् ।
नेपाल लाइफको एफपीओमा पुस २७ गतेदेखि आवेदन खुल्ला गरिएको थियो ।
प्रति कित्ता १ सय रुपैयाँमा १ हजार ३ सय २५ प्रिमियम थपेर प्रतिकित्ता १४२५ रुपैयाँमा एफपीओ भर्न पाउने व्यवस्था मिलाइएको थियो । कुल ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ खुलाइएको र कुल ४ अर्ब ४१ करोडको प्रस्ताव माग गरिएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार ९ सय ६० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।
यो बिमा कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुग्नेछ भने सञ्चिती बढेर ४ अर्ब १ करोडको हुनेछ । एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने ३० करोड ९६ लाख चुक्तापुँजीको रुपमा थप हुनेछ भने प्रिमियमबाट संकलन भएको ४ अर्ब १० करोड रकम सञ्चित कोषमा जम्मा हुनेछ ।
नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गरेको थियो ।
*यसअघि ४५ अर्बको आवेदन पर्ने अनुमान गरिएको थियो । तर अन्तिम तथ्यांक आउँदा ५२ अर्ब पुुगेको हो र सोही अनुसार यसअघिको समाचारमा सम्पादन गरिएको हो ।
-सम्पादक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19