काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यसैगरी बैठकले कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट मिति र स्थान पनि तय गरेको छ । बैठकले कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २३ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा गर्ने निर्णय गरेको छ । 

सोही सभामा प्रस्तावि लाभांश अनुमोदन हुनेछ ।

यस्तै साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुन पुस ९ गतेसम्म कम्पनीको सेयरधनी कायम भइसक्नुपर्नेछ ।