काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चौंथोे वार्षिक साधारणसभा हिजो शनिवार पोखरामा सम्पन्न भएको छ । 
सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको र रु.३,९३,२४५।– नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत गरेको अध्यक्ष रमेश कुमार कर्माचार्यले बताए । 

सभाबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेका ेप्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था विच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थाहरुलाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले गराए ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङ निर्वाचित भएको  निर्वाचन अधिकृत खगेन्द्र राज घिमिरेले  बताए ।  नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगा प्रसाद तामाङले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण गरेका थिए ।