काठमाण्डौ । काठमाण्डौको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरी अस्पताल स्रोतका अनुसार अस्पतालमा कार्यरत सबैजनाको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएकोमा हालसम्म दुईजना डीआईजीसहित ३६ जनाको कोरोना संक्रमण पोजेटिभ आएको हो। कतिजनाको स्वास्ब संकलन गरी परीक्षणका लागि पठाइएको हो भन्ने विषयमा भने खुलेको छैन।

योसँगै हालसम्म कोरोनाबाट ६२० जना प्रहरी कर्मचारी संक्रमित भइसकेका छन्। तीमध्ये २४० जना निको भइसकेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।