काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.४० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्रीबापतको आम्दानी पनि १.७४ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीका यस्तो आम्दानी १७ अर्ब ७२ करोड रुपैयाँमात्र छ। गत वर्ष यस्तो आम्दानी १८ अर्ब ३ करोड रहेको थियो।
कम्पनीको अन्य आम्दानी पनि २६.६५ प्रतिशतले घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी ३ अर्ब ८८ करोड रुपैयाँ थियो।
कम्पनीको रिजर्भको आकार बढेर ८० अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
चुक्ता पुँजी १५ अर्ब रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६५.८६ रुपैयाँबाट घटेर ४३.८६ रुपैयाँमा झरेको छ। पीई रेसिया २८.८० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ६३५.८० रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19