काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल सरकारसमक्ष अनुरोध गर्नेछ। सरकारबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नगद लाभांश कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago