काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।
कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय १३.२ प्रतिशतले बढेर ९ अर्ब ७७ करो रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा कम्पनीको कुल आय ८.३९ प्रतिशतले बढेर १० अर्ब ९५ करोड रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा १० अर्ब १० करोड रुपैयाँमा सीमित थियो।
यसैगरी कम्पनीको EBITDA २१.२८ प्रतिशलते बढेर ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा EBITDA ३ अर्ब ९७ करोड रुपैयाँमात्र थियो।
गत वर्षको तुलनामा यो वर्षको प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु छन्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19