काठमाण्डौ । नेपाल सेवा लघुवित्त बित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै मंसिर ७ गते बोर्डमा आवेदन दिएको हो । 

नेपाल सेवा लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । 

यो कम्पनीको हाल चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ६ करोडका उचाईमा पुुग्नेछ । 

यो लघुवित्त संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ लाख ९३ हजार खूद नाफा कमाएको छ ।