काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेक्सन कम्पनी लिमिटेडले २ लाख १३ हजार लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले संस्थापकहरु प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको २ लाख कित्ता र अशोककुमार अग्रवालको नाममा रहेको १३ हजार १०० कित्ता गरी कुल २ लाख १३ हजार १०० कित्ता सेयर बिक्रीमा राखेको हो। 

बिक्रीमा राखिएको सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुका लागि कम्पनीले ३५ दिनभित्र निवेदन पेस गर्न सूचित गरेको छ। उक्त समयसम्ममा कुनै निवेदन हुन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न चाहेमा कम्पनीको काठमाण्डौ कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।