काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा गत फागुन १६ गते आवेदन दिएको छ। 

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले ९.२५ प्रतिशत ब्याज पाउने छन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।