काठमाण्डौ । नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको आइपीओ आगामी आइतबार बाँडफाँड गर्ने गरी तयारी थालिएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार बिहीबार नै बाँडफाँडको मोडल(अलटमेन्ट मोडल)को बिषयमा धितोपत्र बोर्डलाई लिखित जानकारी गराइसकिएको छ । 

कम्पनीले बुझाएको मोडलमा बोर्डले समेत सहमति जनाएका कारण आइतबारसम्म बाँडफाँड गर्ने गरी तयारी थालिएको ती अधिकारीले बिजशालालाई जानकारी दिए ।

यो कम्पनीले बैशाख १२ देखि १६ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । यीमध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ६ सय कित्ता, ९ हजार कित्ता सामूहिक लगानीकोष तथा बाँकी १ लाख ६७ हजार ४ सय कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो । 

कुल चुक्तापूँजी ६ करोड रहेको कम्पनीले ३० प्रतिशत सेयर आइपीओको रुपमा सर्वसाधारणलाई बिक्री गरेको हो ।

यो कम्पनीले निश्कासन गरेको आइपीओमा करिब ८२ गुणा बढी आवेदन परेको छ । धितोपत्र बोर्डले चिठ्ठाबाटै पनि प्रत्येक लगानीकर्ताले न्यूनतम १० कित्ता पाउने नीति कार्यान्वयनमा ल्याएका कारण १६ हजार ७ सय ४० आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने देखिन्छ ।

नेपाल सेवाको आइपीओमा २ लाख ८ हजारले आवेदन दिएका छन् । यसको अर्थ १ लाख ९१ हजार २ सय ६० आवेदकले सेयर नपाउने देखिन्छ ।