काठमाण्डौ । नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। 

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको हो। यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निष्कासन अनुमति माग गर्दै मंसिर १२ गते निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। जसमा १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९.७५ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।