काठमाण्डौ । एनएमबी क्यापिटलले नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको आइपीओ बाँडफाँड गरेको छ । 

पूर्वघोषणा अनुसार नेपाल सेवाको आइपीओ आइतबार बाँडफाँड भएको हो । 

एनएमबी क्यापिटलको कार्यालय परिसरमा भएको बाँडफाँड अनुसार गोलाप्रथाबाट १६ हजार ७ सय ४० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

लघुवित्तले बैशाख १२ गतेदेखि निश्कासन गरेको आइपीओमा दुई लाख ५ हजार ३ सय ८६ जनाले आवेदन पेश गरेका थिए । तीमध्ये दुई लाख चार हजार ८ सय ३८ आवेदन मात्र सदर भएका थिए । 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ८० लाख बराबरका १ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । कुल निश्कासित कित्तामध्ये लघुवित्तका कर्मचारीका लागि ३ हजार ६ सय र सामूहिक लगानी कोषहरुका लागि ९ हजार कित्ता सुरक्षित गरिएको थियो । 

सर्वसाधारणका लागि सुरक्षित १ लाख ६७ हजार ४ सय कित्ता सेयरमा १ करोड ३७ लाख ५६ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको थियो । 
सदर भएका आवेदनमध्ये १ लाख ८८ हजार ९८ आवेदक यो पटक पनि हिस्स परेका छन्। 

आइपीओ कस कसलाई पर्यो होला ? सूचिका लागि यो लिंकमा जानुहोस्