काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी नरेशकुमार श्रेष्ठको नाममा रहेको ८ हजार ७८६ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ।