काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको ११ लाख बढी कित्ता सेयर पुस २० गतेबाट बिक्रीमा राखिने भएको छ। 

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा राखेको थियो। त्यस अवधिमा बिक्री हुन नसकेको ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर कम्पनीले फेरि लिलामीमा राख्ने भएको हो। 

यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल र नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीबाट पनि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ४ गतेसम्म तोकिएको छ।