काठमाण्डौ । साबिक मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि बनेको ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्ने बताएका छन्। 

नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा शाहले यस्तो सुझाव दिएका हुन्। ‘नयाँ बैंकका व्यवस्थापक र सञ्चालकले दुवै बैंकको विरासतलाई ध्यान दिनुपर्छ’, उनले भने, ‘दुवै बैंकको गर्विलो इतिहास छ, अब गभर्नेन्सका हिसाबले राम्रो हुनुपर्छ।’

शाहले नियमनकारी निकायको नजरमा यो बैंक अब्बल हुनुपर्ने पनि बताए। ‘फाइभ स्टार बैंक बन्नुपर्छ’, उनले भने। 

कर्मचारीको संरक्षण र हितमा पनि बैंकले ध्यान दिनुपर्ने शाहको भनाइ थियो। ‘नयाँ बैंकले लगानीकर्तालाई खुसी बनाउनुपर्छ, कर्मचारीलाई खुसी बनाउनुपर्छ’, उनले भने। 

शाहले आगामी दिनमा नेपाल इन्भेष्टमेण्ट मेगा अब्ब बैंक बन्ने विश्वास पनि व्यक्त गरे।