काठमाण्डौ । नेपाल टेलिकममा जागिर खुलेको छ। 

नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी जुनियर टेक्निसियन (तह ३) देखि उपप्रबन्धक पद (९ तह)सम्म ७३ जनाका लागि दरखास्त आह्वान गरेको हो। 

नेपाल टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ अधिकृत, टेलिकम इन्जिनियर, इन्जिनियर (सिभिल), सहायक लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार अधिकृत, टेक्निसियन, सहाय र जुनियर टेक्निसियनमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ। 

यी पदमा आउँदो चैत २ गतेसम्म आवेदन दिने सकिनछ। दोब्बर दस्तुर तिरेर आउँदो चैत ९ गतेसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ।