काठमाण्डौ । लक्की ग्रुप का प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षमा निर्वाचित भएका छन्।

मोर परिसंघको २०औँ वार्षिक साधारणसभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नातर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यसका साथै नेपालको घ्यू तेल उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रोपटक सम्मान गरेको छ।  साधारणसभाको उद्घाटन समारोहका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टाअन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरु निकासी प्रवर्द्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो। 

विभिन्न उद्योग, व्यापार, व्यवसाय, बैंक, तथा बीमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्स्योरेन्समा पनि सञ्चालक छन्।