काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन्च–२०९०’नामक ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र बिक्री गर्नेछ।
बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago