काठमाण्डौ । नेपाल बैंकको एफपीओमा तेश्रो दिन थप २ लाख ८२ हजार कित्ता हाराहारीमा आवेदन परेको छ । तीन दिनसम्मको तथ्यांक अनुसार यो बैंकको ७ लाख ८३ हजार २२ कित्ताका लागि आवेदन परेको हो ।
यो भनेको २१ करोड ९२ लाख ४६ हजार १ सय ६० रुपैयाँ बराबरको आवेदन हो ।
यो बैंकले खुलाएको एफपीओमा दोश्रो दिनसम्म ५ लाख १ हजार ३०० कित्ताका लागि मात्र आवेदन परेको थियो ।
दोश्रो दिनसम्म कुल ४ हजार ६ सय ३६ जनाले एफपीओ खरीदका लागि आवेदन दिएकामा यो संख्या तेश्रो दिनमा बढेर ७ हजार २ सय ३८ पुगेको छ ।
यो हिसाबले नेपाल बैंकले निश्कासन गरेको एफपीओको कुल कित्तामध्ये तेश्रो दिनसम्म ४.४२ प्रतिशत मात्र बिक्री भएको छ ।
बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो ।
एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago