काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा आगामी मंसिर १७ गते होटल र्‍याडिसन लाजिम्पाटमा अपरान्ह १२ः१५ बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यसैगरी, सभाले कम्पनीको अधिकृत चुक्तापूँजी २ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ । अधिकृत पूँजी वृद्धि गर्न र बोनस सेयर बराबरको चुक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्नेछ ।

साथै सभाले आर्थिक २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।