काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समितिको विस्तार गरेको छ । 

महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघको उक्त समिति विस्तार भएको हो । उक्त समितिका सदस्यहरुमा डा फरवाड सिलवाल,डा शिव अधिकारी, विकास अधिकारी,कुमार खतिवडा,बाबुराम खतिवडा,योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ छन् ।

महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे अहिलेको अवस्थामा प्रदेशको स्वास्थ्य र सीप क्षेत्रमा समितिले उल्लेख्य कार्य गर्ने अपेक्षा आफूले गरेको बताए ।