काठमाण्डौ ।नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आबेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको आईपीओमा आज बैकिङ समयसम्म आबेदन दिन सकिनेछ ।कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

सीडीएसीका अनुसार  मंगलबारसम्ममा कम्पनीको आईपीओमा १० लाख ५५ हजार ६३८ आबेदकहरुबाट १ करोड १४ लाख ५३ हजार ९४० कित्ता सेयर माग भएको छ ।

जसबाट १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपियाँ बरबारको आबेदन परेको छ ।कम्पनीको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परेको छ

 आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।