काठमाण्डौ ।नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा बुधबार अन्तिम दिन बैंकिङ समयसम्ममा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको छ ।

सीडीएसीका अनुसार  ती आबेदकबाट १ करोड ३६ लाख ४३ हजार ३९० कित्ता सेयर माग भएको छ ।ती आबेदकले १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् । जसअनुसार कम्पनीको आईपीओमा करिब १२ गुणा आवेदन परेको  छ।

मागभन्दा करिब १२ गुणा आबेदन परेकाले कम्पनीले छिटो समयमा नै आईपीओ बिक्री बन्द गरेको छ । कम्पनीको आईपीओ प्राप्त गर्न गोलाप्रथा लागू गरिनेछ ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।