काठमाण्डौ । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बुधबार विहान बाँडफाँट भएको छ । 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।
कम्पनीको आईपीओका लागि १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए ।कम्पनीका अनुसार ८४ हजार ५६० जनाको आवेदन रद्द भएको छ  ।

ती आवेदकले १ करोड ३८ लाख ५१ हजार २६० कित्ता सेयर माग गरेका थिए । जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरेको हो ।