 
                     
                                
                             
                                    काठमाण्डौ । दुई ओटा अलग अलग कम्पनीको आईपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता र चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । 
नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू.९३.०४ देखि २७९.१२ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । 
सोही मूल्यको आधारमा कम्पनीको बिहीबारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एनडब्लूसीएल छ । कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।
यसैगरी, नेप्सेले चिरख्वा हाइड्रोपावरको आईपीओलाई पहिलो कारोबारको लागि प्रतिकित्ता १००.०१ देखि ३००.०३ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । सोही मूल्य रेञ्जको आधारमा कम्पनीको सेयरकारोबार बिहीबारदेखि हुने छ।
कम्पनीको स्टक सिम्बोल सीकेएचएल छ । कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुने बताएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19