काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार तीन ओटा अलग- अलग कम्पनीको दोस्रोबजारमा स्पेशन प्रि-ओपन सेसनमा कारोबार भएको छ ।

यो दिन नेपाल वेयरहाउजिङ्ग कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार सुरु भएको हो ।
यो दिन नेपाल वेयरहाउजिङको पहिलो कारोबार २०८.८ रुपैयाँमा भएको छ । यस्तै, भिजन लुम्बिनी उर्जाको पहिलो कारोबार ३६५.३ रुपैयाँमा भएको छ ।

त्यसैगरी,चिरख्वा हाइड्रोपावरको पहिलो कारोबार ३०० रुपैयाँमा भएको छ । 

 स्पेसल प्रिओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि अवदेखि ती कम्पनीको दोस्रोबजारमा कारोबार सुुरु भएको छ ।

बुधबारमात्र ती तीन ओटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो  ।