काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन स्वीकृति पाएको छ ।
कम्पनीले ४ अर्ब ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ ।
कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
कम्पनीले आगामी १० वर्षको लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु कयापिटल छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago