काठमाण्डौ । नेपाल ल्यूब आयल लिमीटेडले बम्पर लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनीले आगामी पुस २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा सो दिन बिहान ११ः३० बजे साधारणसभा आह्वान गरिएको हो । 

सभामा गत वर्षका नाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित)को अजेण्डामाथि छलफल भई पारित हुनेछ । 

आर्थिक वर्षको २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतमाथि छलफल भई पारित गर्ने लगायतका नियमित अजेण्डाहरु समेत राखिएका छन् । 

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजी, जारी पूँजी र अधिकृत पूँजी बढाउने प्रस्ताव समेत छलफलपछि पारित गर्ने अजेण्डा राखिएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि नै बुक क्लोज गरिसकेको छ । यसको अर्थ पुस ९ गतेसम्म सेयरधनी कायम भएकाहरुले मात्र कम्पनीबाट घोषित बम्पर लाभांश पाउन र सभामा सहभागिता जनाउन पाउनेछन् ।