काठमाडौ ।नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह गरेको छ
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महशुल भुक्तानी नगरेको नाममा केहि ठूलाउद्योगहरुमा विद्युत् आपूर्ति रोकेको खबरप्रति संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
साथै उसले सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महशुल थप गरी बिल पठाएको र बिजुलीउपभोग गरेको प्रमाण दिन नसकेको तर्क गरिरहेका बेला प्राधिकरणबाट उक्त गुनासो सम्बोधन नै नगरी लाइनकाट्ने जस्तो गम्भीर कदम चालिनु अत्यन्तै दुखद् भएको बताएको छ ।
साथै उसले मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमीव्यवसायीको मनोबल अझै खस्किने पनि बताएको छ ।
संघले प्रधानमन्त्रीबाट लाइनकाट्ने निर्देशन हुनु र प्राधिकरणले एक्कासि लाइनकाट्दा सिंगो निजी क्षेत्र त्रसित बनेको उल्लेख गरेको छ ।
यसैगरी, संघले उद्योग, व्यवसायकालागिउपयुक्त वातावरण दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने सन्दर्भमा अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार र सरकारी निकायबाटै व्यवसायीलाई तर्साउने खालको कदमचालिँदा देशको सर्वांगीण विकासकालागि अतिआवश्यक स्वदेशी र विदेशी लगानी प्रभावितहुने पनि उल्लेख गरेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago