काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ ।

उनको आमा पुखराज देबी गोल्छाको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय गोल्छाको अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले बताएको छ ।

हुलासचन्द र पुखराज देबीका शेखरसहितका चार छोरा छन् ।