काठमाण्डौ । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ । 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा विहान १० वजेदेखि सुरु हुनेछ ।
कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ ।

यस्तै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।

यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ ।

हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ ।