काठमाण्डौ । विशाल गुप्र लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामीमा राखिएको छ । 

कम्पनीको संस्थापक समूहतर्फको १५ लाख कित्ता सेयर आज(पुस २४ गते) देखि लिलामीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान संस्थापकहरुले मात्रै खरिद गर्न पाउनेछन् । तसर्थ इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ । 

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ता र अधिकचममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक संस्थापक लगानीकर्ताले माघ २९ गतेसम्म ओवदन दिन सक्नेद्धन् ।  

यदि निर्धारित समयमा कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर प्रचलित कानुन बमोजिम बिक्री गरिन बैंकले जनाएको छ ।