nepal life FPO
काठमाण्डौ । लगानीकर्ताका लागि खुशीको खबर । बित्तीय रुपमा निकै राम्रो मानिएको र बिमा क्षेत्रमा हटकेक बन्दै आएको नेपाल लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले सेयरको अतिरिक्त निश्कासन(एफपीओ)का लागि अनुमति दिएको छ ।
नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपीओ प्रिमियम मूल्यसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँमा निश्कासनको अनुमति पाएको हो ।
२०७३ जेठ ७ गते सम्पन्न यो बिमा कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता सेयरको एफपीओ गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसपछि उसले नेपाल धितोपत्र बोर्ड असोज ६ गते एफपीओ निश्कासनको अनुुमति माग्दै पत्राचार गरेको थियो ।
कम्पनीको २ सय २४ औं बोर्ड बैठकले एफपीओ निश्कासनको निर्णय गर्दै आफूूखुशी प्रति कित्ता मूल्य प्रिमियमसहित २ हजार ९ सय ५१ रुपैयाँ तोकेको थियो । तर यो कम्पनीले मनलागी एफपीओ मूल्य तोकेको र नियामकको अनुमतिबिना नै प्रति इकाई प्रिमियम मूल्य तोकिएको भन्दै धितोपत्र बोर्डले जेठ २८ गते नेपाल लाइफको कारोबार निलम्बन गरेको थियो ।
बोर्डका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको एफपीओ मूल्य कम्पनीको विगत, वर्तमान र भविष्यको बजार मूल्यको समग्र अध्ययन र विश्लेषणबाट मात्र गर्ने चलन छ । कुनै पनि कम्पनीले एफपीओ जारी गर्नुअघि पूँजीगत आम्दानी, प्रति सेयर नेटवर्थ, १८० दिनको औसत बजार मूूल्य र वर्तमानको सेयर मूल्यका आधारमा भविष्य नगद प्रवाह हुनसक्ने संभावना लगायतका आधारहरुलाई टेकेर मूल्य तोक्नुपर्ने नियम छ । यिनै आधारहरुको गणना तथा विश्लेषण गरी कुनै पनि कम्पनीको एफपीओ मूल्य तोकिन्छ ।
नेपाल लाइफका एक अधिकारीका अनुसार उसको एफपीओ निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ ।
नेपाल लाइफले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुुग्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago