काठमाण्डौ । आइतबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्देश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन सहमति गरिएको अस्तालले जनाएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताए ।
खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले खुशी व्यक्त गरे ।
अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुनेछ । सम्भव भएका उपचार नागरिक अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago