महेन्द्रनगर, धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा निकट भविष्यमै ब्रोकर शाखा खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघले शुक्रबार जनकपुरधाममा आयोजना गरेको नेपाली पूँजीबजार तथा वर्तमान सेयर बजारका अवसर तथा चुनौति बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश नं २ मा शेयर बजार विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राउतले प्रदेश नं २ लगानीको लागि उर्बरभूमि भएको बताउँदै देशकै ठूलठूला उद्योगी व्यवसायी यस प्रदेशमा रहेका, तर सबैभन्दा बढी गरीबी पनि यही प्रदेशमा रहेको बताए ।
मुख्यमन्त्री राउतले अहिले शेयर बजारमा लगानी केही निश्चित वर्गको मात्र रहेकाले यसबारे शिक्षा सबैमा पुर्याउनुपर्ने आवश्यक्ता औंल्याए । जानकारीको आभावले यस भेगका लगानीकर्ताको पहुँच शेयर बजारमा हुन नसकेको बताउँदै उनले शेयर बजारबारेको शिक्षा गाउँगाउँसम्म पुर्याउन समेत प्रदेश सरकारले सहयोग गर्ने वचन दिए।
राउतले बैंकिङ ज्ञानको अभावमा ग्रामीण क्षेत्रका सोझा साझा जनता अहिले पनि साहुसँग महँगो ब्याजमा ऋण लिन बाध्य रहेकाले वित्तीय साक्षरताको लागि गाउँगाउँमा कक्षा सञ्चालन गर्नुपर्ने सोच प्रदेश सरकारको रहेको जानकारी दिए ।
राउतले शेयर बजारको लगानीले लगानीकर्ताको मात्र नभई प्रदेशकै आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिइन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19