काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले भोलि बुधबारबाट कार्यभार समाल्ने भएका छन्।
गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो। कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भनिएको थियो। ‘म आबद्ध बुढीगण्डकी जलविद्युत आयोजनामा केही कामहरु गर्न बाँकी भएकाले हिजो सम्भव भएन, त्यसैले भोलिबाट नेप्सेमा हाजिर हुन्छु’, कार्कीले भने।
कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख थिए। नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले आयोजनाबाट राजीनामा दिएका छन्।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नवनियुक्त सीईओले भोलिबाट कार्यभार सम्हाल्ने जानकारी दिए। ‘उहाँ सपथग्रहण कार्यक्रम भोलि साँझतिर हुन्छ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19